मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

झापामा विपद्ले ११ को मृत्यु, २२ करोडभन्दा बढीको क्षति

गत आर्थिक वर्षमा झापामा भएका विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ। कुल २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ रुपैयाँ बराबरको क्षति भएको छ। आगलागी, वन्यजन्तु आक्रमण, बाढी, हुरी र चट्याङ जस्ता ३५९ विपद्का घटना अभिलेख भएका छन्।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
झापा विपद् क्षति
Share:
१७०

गत आर्थिक वर्षमा झापामा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ। २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार ३५९ विपद्का घटना अभिलेख भएका थिए। ती घटनामा ३७ जना घाइते भएका थिए।

घटनामध्ये १५६ वटा आगलागीका थिए। जंगली हात्ती र वन्यजन्तु आक्रमणका ९४, हुरीका ५२, बाढी तथा डुबानका ३५, चट्याङका २२ घटना थिए।

विपद्ले आगलागीमा दुई, वन्यजन्तु आक्रमणमा छ, हुरीमा एक, चट्याङमा दुई जनाको ज्यान लियो।

आठ हजार नौ सय १४ चौपाया तथा पशुपन्छी मरेका छन्। हुरीबाट तीन हजार २०, आगलागीबाट पाँच हजार ६६२ पशुपन्छी हताहत भएका थिए।

सूचना अधिकारी अवाका अनुसार आगलागीबाट १५ करोड २२ लाखभन्दा बढी क्षति भयो। बाढी तथा डुबानबाट छ करोड ३४ लाख बराबरको क्षति भएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार