मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

झापामा २५ विपद् घटना, ३४ लाखभन्दा बढीको क्षति

झापामा साउन महिनामा २५ विपद्का घटना दर्ता भएका छन्। यी घटनाबाट ३४ लाख २४ हजार बराबरको भौतिक क्षति भएको छ। आगलागी र जङ्गली जनावरको आक्रमणका घटना बढी देखिएका छन्।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
झापा विपद् क्षति
Share:
१५२

झापामा गत साउनमा बाढी, पहिरो, आगलागी, चट्याङ तथा जङ्गली जनावरको आक्रमणलगायत २५ वटा विपद्का घटना भएका छन्। ती घटनाका कारण रु ३४ लाख २४ हजार बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार साउनभर भएका विभिन्न विपद्का घटनामा परी दुई जना घाइते भएका छन् भने तीन जनाको सकुशल उद्धार गरिएको छ।

प्रहरीका अनुसार सबैभन्दा बढी आगलागीका घटना भएका छन्। विभिन्न स्थानमा भएका पाँच वटा आगलागीका कारण रु १९ लाख ३० हजार बराबरको धनमाल क्षति भएको छ। त्यसैगरी, जङ्गली जनावरको आक्रमणका १७ वटा घटना दर्ता भएका छन्। आक्रमणबाट दुई जना घाइते भएका छन्।

यस्तै, चट्याङका घटनामा परी रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक अवालेले मनसुनजन्य तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै जिल्लाभर प्रहरी जनशक्तिलाई उच्च सतर्क अवस्थामा राखिएको बताए।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार