NM Khabar 9 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

झापामा हात्तीपीडितलाई रु २ करोड राहत वितरण

झापामा मानव–हात्ती द्वन्द्वले आर्थिक वर्ष २०८२/८३ मा करिब रु २ करोडको क्षति पुर्‍याएको छ। डिभिजन वन कार्यालय झापाले हात्तीपीडितलाई रु १ करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो। यस अवधिमा ६ जनाको मृत्यु र १७ जना घाइते भएका थिए।
Kamala Devi
Kamala Devi
9 August 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
झापा हात्तीपीडित राहत
Share:

झापामा मानव–हात्ती द्वन्द्वले आर्थिक वर्ष २०८२/८३ मा करिब रु २ करोडको क्षति पुर्‍याएको छ। डिभिजन वन कार्यालय झापाले हात्तीपीडितलाई रु १ करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो।

कार्यालय प्रमुख नथुनी गोइवार यादवका अनुसार यस अवधिमा हात्तीको आक्रमणबाट छ जनाको मृत्यु भएको थियो। १७ जना सख्त घाइते भएका थिए। मृतकका परिवारलाई जनही रु १० लाखका दरले रु ६० लाख राहत प्रदान गरियो।

सख्त घाइते १७ जनालाई रु २६ लाख ६० हजार ८६२ राहत वितरण गरियो। १५ वटा पशुधनमा क्षति पुगेबापत रु एक लाख ५० हजार दिइएको छ। १९१ वटा अन्न भण्डारणमा क्षतिबापत रु १५ लाख २० हजार २६४ वितरण गरियो। २६८ घरगोठमा क्षतिबापत रु ४२ लाख ५४ हजार ५६० र अन्नबालीमा क्षतिबापत रु ५४ लाख पाँच हजार क्षतिपूर्ति वितरण गरिएको कार्यालयले जनाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार