मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

काँकडभिट्टामा ५७० ग्राम सुन र विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

झापाको काँकडभिट्टा सीमा क्षेत्रबाट ५७० ग्राम सुन र ठूलो परिमाणको विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी र मेची भन्सार कार्यालयको टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका परम पाठकलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट सुन, २० हजार अमेरिकी डलर र ८५ हजार ४१० भारतीय रुपैयाँ बरामद भएको छ।
Nmkhabar
१ मिनेट पढाइ
आकार:
Share:
२१९

झापाको काँकडभिट्टा सीमा क्षेत्रबाट ५७० ग्राम सुन र ठूलो परिमाणको विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल र मेची भन्सार कार्यालयको संयुक्त टोलीले भारतबाट सिटी सफारीमार्फत नेपाल प्रवेश गर्दै गरेका भारत घर बताउने अन्दाजी ३९ वर्षीय परम पाठकलाई नियन्त्रणमा लिएको हो।

जेठ ४ गते विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा पाठकको साथबाट ५७० ग्राम सुन, २० हजार अमेरिकी डलर र ८५ हजार ४१० भारतीय रुपैयाँ बरामद भएको छ।

प्रहरीका अनुसार, उनको साथबाट एक थान भारतीय आधार कार्ड, दुई थान मोबाइल सेट, एक थान हार्ड डिस्क, एक थान बैंक चेक र सातवटा सिमकार्ड समेत फेला परेका छन्।

बरामद सुन तथा अन्य सामग्रीसहित पक्राउ परेका पाठकलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता तथा नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले पाठक नेपाल प्रवेश गर्नुको उद्देश्य खुल्न नसकेको बताए।

Nmkhabar

Nmkhabar

संवाददाता · Nmkhabar

Nmkhabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार