काठमाडौंको कपन साततले क्षेत्रमा डोजर प्रयोग गरेर घरटहरा भत्काउने कार्य जारी छ। सोमबार बिहानदेखि १३ वटा डोजर परिचालन गर्दै अतिक्रमित संरचना हटाउने अभियान अघि बढाइएको हो।
स्थानीय प्रशासनका अनुसार सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका लागि यो अभियान सञ्चालन गरिएको हो। भत्काउने क्रममा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।