संघीय सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफैँ निर्माण गर्ने भएको छ।
‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने यी आयोजनामा कर्णालीवासीकै सेयर लगानी रहने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिएका छन्।
डोल्पामा निर्माणाधीन जगदुल्ला-ए लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ।
कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् विस्तार गरिने उल्लेख छ।
