काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँचमा १७ सय महिलामध्ये ६० जनामा एचपीभी पोजेटिभ पुष्टि भएको छ।
महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ देखि २०८३ वैशाख २१ सम्म महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्यो। यस अवधिमा २ हजार ७७९ जना महिलाको एचपीभी जाँच गरियो। तीमध्ये हालसम्म १ हजार ७ सय जनाको रिपोर्ट प्राप्त भएको महानगरपालिकाले जनाएको छ।
प्राप्त १७ सय रिपोर्टमध्ये ६० जनामा एचपीभी पोजेटिभ देखिएको छ। २ हजार ७७९ जनाको जाँच गरिएकामध्ये १ हजार ७९ जनाको नतिजा आउन बाँकी छ।
