NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

काभ्रे बस दुर्घटना: एसएसपी थापाको नेतृत्वमा छानबिन समिति गठन

काभ्रेको नमोबुद्ध–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएका थिए। प्रहरी महानिरीक्षकले एसएसपी कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। समितिलाई सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
13 June 2026, 2:47 pm १ मिनेट पढाइ
आकार:
काभ्रे बस दुर्घटना
Share:

काभ्रेको नमोबुद्ध–२ बुच्चाकोटमा शुक्रबार भएको भीषण बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल प्रहरी प्रधान कार्यालयले एक उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। यस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।

प्रहरी महानिरीक्षकले नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। समितिलाई घटनाको वास्तविक अवस्था, कारण र जिम्मेवार पक्ष पहिचान गरी प्रतिवेदन पेस गर्न सात दिनको समय दिइएको छ।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय देवीटार महाभारत काभ्रेपलाञ्चोकका प्रहरी हबल्दार बासुदेव खड्का र जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटी सदस्य सचिव रहेका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार