चीनले अगस्ट २६ को विनाशकारी बाढीले क्षतिग्रस्त बनाएको केरुङ नाका जोड्ने सडक एक साताभित्रै पुनःनिर्माण गरी सञ्चालनमा ल्याएको छ।
हिमाली क्षेत्रमा आएको बाढीले चिनियाँ भूभागको केरुङ सडक र पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो। सडक सम्पर्क विच्छेद हुँदा उद्धार र राहत सामग्री पुर्याउन कठिनाई भएको थियो।
चीनको सक्रियतामा सडक सञ्चालनमा आएपछि सीमापार व्यापार र यात्रु आवागमन सहज हुने अपेक्षा गरिएको छ। बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
