NM Khabar 27 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशी प्रदेशसभा बैठक पूर्वमुख्यमन्त्री राईको हर्कतले अवरुद्ध

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलकी नेत्री निर्मला लिम्बूलाई बोल्ने समय दिनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरे। यस घटनापछि सभामुख अम्बरबहादुर विष्टले बैठक स्थगनको घोषणा गरेका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
27 May 2026, 3:02 pm १ मिनेट पढाइ
आकार:
कोशी प्रदेशसभा बैठक
Share:

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलकी नेत्री निर्मला लिम्बूलाई बोल्ने समय दिनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेपछि कोशी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ ।

राई ड्यासतर्फ प्रवेश गर्न लाग्दा मर्यादापालकले रोकेका थिए । प्रत्यक्षदर्शीका अनुसार उनले रोस्ट्रमको माइक नै फाल्ने प्रयास गरेका थिए । उक्त घटनापछि सभामुख अम्बरबहादुर विष्टले बैठक स्थगनको घोषणा गरेका छन् ।

प्रमुख प्रतिपक्ष दलले विरोध जनाउँदै बैठक अवरुद्ध पारेको यो पहिलो घटना भने होइन । यसअघि पनि विभिन्न कारणले प्रदेशसभा बैठक पटकपटक अवरुद्ध हुँदै आएको छ । पूर्वमुख्यमन्त्री राईको यो हर्कतले प्रदेशसभाको मर्यादामाथि प्रश्नचिह्न खडा गरेको छ ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार