कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असारभित्रै प्रदेश सञ्चार प्रतिष्ठानका पदाधिकारी नियुक्त गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले यो प्रतिबद्धता जनाएका हुन्। उनले असारभित्रै प्रतिष्ठानका पदाधिकारी नियुक्ति र लोककल्याणकारी विज्ञापन व्यवस्थापन गरिने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले जोड दिए। महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पनि सरकारी सूचना र विज्ञापन सबै सञ्चारमाध्यमले समानरुपमा पाउनुपर्ने बताए।
मुख्यमन्त्री कार्कीले सबै सञ्चारमाध्यमलाई विज्ञापन र सूचना समानरुपमा उपलब्ध गराउन आग्रह गरे। उनले सङ्घीय सरकारलाई यसबारे ध्यानाकर्षण गराउन महासङ्घलाई सुझाव दिए।
