NM Khabar 17 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशी सरकार विस्तार: आज ३ बजे नेकपाका चार मन्त्रीले शपथ लिने

कोशी प्रदेश सरकार आज विस्तार हुँदैछ। नेकपाले चार मन्त्रालय पाउने निश्चित भए पनि मन्त्रालयको टुंगो लाग्न बाँकी छ। आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम तय भएको छ।
Sanjay Karki
Sanjay Karki
17 August 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
कोशी प्रदेश सरकार विस्तार
Share:

कोशी प्रदेश सरकार आज विस्तार हुँदैछ। नेकपा एमाले र नेपाली कांग्रेसबीच साउन पहिलो साता भएको तीनबुँदे सहमति कार्यान्वयन गर्दै सरकार विस्तारको तयारी गरिएको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ मन्त्रीहरूको नाम प्राप्त हुनासाथ सरकार विस्तार गर्ने तयारी गरेका छन्। दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

सहमति अनुसार नेकपाले सरकारमा चारवटा मन्त्रालय पाउने निश्चित भए पनि कुन-कुन मन्त्रालय पाउने भन्ने विषय गोप्य राखिएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो, नेकपाले पूर्वाधार विकास, आन्तरिक मामिला तथा कानुन, पर्यटन र स्वास्थ्य वा कृषि मन्त्रालयमध्ये एकको नेतृत्व पाउने सम्भावना छ।

यसअघि नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले साउन २५ गते राजीनामा दिएपछि कांग्रेसले सम्हालेका मन्त्रालयहरू मुख्यमन्त्री कार्की आफैंले राखेका थिए।

नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम अझै अन्तिम टुङ्गो लागिसकेको छैन। यद्यपि, जीवन आचार्य, गोम्बु शेर्पा, खिनु लिम्बू, राजन किराँती र दुर्गा चापागाईं मध्ये केही मन्त्री बन्ने सम्भावना रहेको Nmkhabarलाई स्रोतले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार