NM Khabar 23 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशी प्रदेशमा बालविवाह रोक्न विद्यालय लक्षित विशेष अभियान

कोशी प्रदेशमा बालविवाह नियन्त्रणका लागि विद्यालय केन्द्रित विशेष अभियान सञ्चालन गरिने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रमको तयारी गरेको छ। यसका लागि सङ्घीय सरकारले छ करोड रुपैयाँ सशर्त विशेष अनुदान उपलब्ध गराएको छ।
Maya Thapa
Maya Thapa
22 July 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
बालविवाह नियन्त्रण अभियान
Share:

कोशी प्रदेशका एक हजार २०० भन्दा बढी विद्यालयमा बालविवाह नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने भएको छ। सामाजिक विकास मन्त्रालयले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रमको तयारी गरेको हो। प्रदेशका १३७ वटै स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखले अभियानको अनुगमन गर्नेछन्।

विद्यालयस्तरमै बालविवाहविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछन्। प्रत्येक विद्यालयलाई कार्यक्रम सञ्चालनका लागि रु ४५ हजारका दरले बजेट उपलब्ध गराइनेछ। सङ्घीय सरकारले छ करोड रुपैयाँ सशर्त विशेष अनुदान उपलब्ध गराएको मन्त्रालयले जनाएको छ।

सचिव उद्धव रिजालले प्रदेशमा पहिलोपटक यस किसिमको अभियान सञ्चालन हुन लागेको जानकारी दिए। शिक्षा र सशक्तीकरणलाई अभियानको मुख्य आधार बनाइएको छ। यस कार्यक्रमले विद्यार्थीमा चेतना जगाउने र उनीहरूलाई सशक्त बनाउने अपेक्षा छ।

हालसम्म कोशी प्रदेशका पाँच स्थानीय तहले मात्र बालमैत्री स्थानीय तह घोषणा गरेका छन्। झापाका कमल, भद्रपुर र कनकाई नगरपालिका, इलामको सूर्याेदय नगरपालिका तथा सुनसरीको रामधुनी नगरपालिकाले बालमैत्री घोषणा गरेका हुन्। प्रदेशका बाँकी १३२ स्थानीय तहले अझै बालमैत्री घोषणा गर्न सकेका छैनन्।

सहायक सचिव दुर्गा भण्डारी बरालका अनुसार नेपाललाई सन् २०३० सम्म बालविवाह मुक्त बनाउने राष्ट्रिय लक्ष्यअनुरूप यो अभियान सञ्चालन गर्न लागिएको हो। यसअघि कोशी प्रदेश सरकारले सन् २०२५ भित्र प्रदेशलाई बालविवाहमुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो, तर त्यो सफल हुन सकेको थिएन।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार