सुनसरीसहित मधेसी जिल्लामा धार्मिक तनाव नियन्त्रण क्रममा प्रहरी गोली लागेर चार जनाको मृत्यु भएको थियो। दर्जनौँ घाइते भएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले घटनामा नागरिकको ज्यान जानेगरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्दै सरकारसँग प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै नेता आङ्देम्बेले सरकारसँग उक्त प्रश्नको चित्तबुझ्दो जवाफ माग गरेका हुन्। उनले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरे।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले क्षतिको यकिन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। घटनाको सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्नुपर्ने उनको माग छ।
