७ जेठ, जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीका मन्त्रीहरू हटाइँदैछन्। आजै नेकपा एमालेबाट एक मन्त्रीले शपथ लिने तयारी छ।
नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गठबन्धन सरकार बनाउन लागेका हुन्। तीन दल मिलेर सरकार बनाउने सहमति भइसकेको एक नेताले बताएका छन्।
मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नै निरन्तर रहनेछन्।
जसपा नेपाल र जनमतका मन्त्रीहरूलाई हटाएर नेकपा एमालेबाट आजै एकजना मन्त्रीलाई शपथ खुवाउने तयारी भएको स्रोतले बतायो।
