NM KHABAR 25 April 2026
NM KHABAR

हामीलाई पछ्याउनुहोस्

मनोहरा किनारमा डोजर चल्दा ढुंगामुढा, प्रहरीसहित केही घाइते

काठमाडौंको जडिबुटीस्थित मनोहरा नदी किनारमा अतिक्रमित बस्ती हटाउन पुगेको टोलीमाथि स्थानीयबासीले ढुंगामुढा गर्दा प्रहरीसहित केही व्यक्ति घाइते भएका छन्।
Sanjay Karki
Sanjay Karki
25 April 2026, 8:01 pm १ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
मनोहरा नदी किनार
Share:

काठमाडौं उपत्यकाको जडिबुटीस्थित मनोहरा नदी किनारमा शनिबार साँझ डोजर चलाउन पुगेको टोली र स्थानीयबासीबीच झडप भएको छ। बस्ती हटाउने क्रममा स्थानीयबासीले डोजर र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही कर्मचारी घाइते भएका छन्।

भक्तपुरतर्फको मनोहरा नदी किनारमा अतिक्रमित संरचना भत्काउन खटिएको प्राविधिक र सुरक्षा टोलीलाई लक्षित गरी ढुंगामुढा भएको थियो। ढुंगामुढाबाट घाइते भएका सुरक्षाकर्मीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

चारैतिरबाट ढुंगामुढा हुन थालेपछि सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो। यस घटनाले उपत्यकाका नदी किनारमा जारी रहेको बस्ती हटाउने अभियानमा थप जटिलता थपेको छ।

यसअघि काठमाडौं महानगरपालिकाले थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रका नदी किनारका अव्यवस्थित बस्तीहरू हटाएको थियो। सरकारले उपत्यकाका जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनेका बस्तीहरू खाली गराउने अभियानलाई निरन्तरता दिइरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार