अनुचित लेनदेन (मिटरब्याज)बाट पीडित भएकाहरूले न्यायको माग गर्दै धनुषा जिल्ला अदालत घेराउ र धर्ना दिएका छन्।
मिटरब्याज पीडित संघर्ष समितिको अगुवाइमा पीडितहरूले शुक्रवार अदालत परिसरमा प्रदर्शन गरेका हुन्।
समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको नेतृत्वमा भेला भएका पीडितहरूले सरकारले समस्या समाधानमा ठोस पहल नगरेको भन्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
