NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मिटरब्याज पीडितको जनकपुरमा प्रदर्शन: अदालतको फैसलाविरुद्ध नाराबाजी

मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितहरुले जनकपुरस्थित जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका छन्। उनीहरुले अदालतको एकलौटी फैसला र प्रहरी दमन बन्द गर्न माग गर्दै नाराबाजी गरेका छन्। पीडितहरुको संस्थाका अनुसार देशभर ५ लाखभन्दा बढी मिटरब्याज पीडित छन्, जसमा धनुषाका मात्र ७० हजार छन्।
Kamala Devi
Kamala Devi
2 June 2026, 9:17 pm १ मिनेट पढाइ
आकार:
मिटरब्याज पीडित जनकपुर
Share:

जनकपुरधाम । मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितहरुले धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन्। विगत १७ दिनदेखि आन्दोलनरत पीडितहरुले मंगलबार सडक अवरुद्ध गर्दै नाराबाजी गरे।

उनीहरुले ‘मिटरब्याज पीडितलाई पक्राउ गर्न बन्द गर’, ‘सुदखोरलाई कारबाही गर’, ‘अदालतको एकलौटी फैसलाको आधारमा पक्राउ गर्न पाईदैन’, ‘अदालत/प्रहरी/प्रशासनको दमन बन्द गर’, ‘हाम्रो माग पूरा गर’, ‘दफा २४९ (क) लागु गर’ जस्ता नारा लगाए।

मिटरब्याजविरुद्ध किसान मजदुर नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहले रास्वपा नेतृत्वको सरकार बनेयता पीडितमाथि दमन बढेको आरोप लगाए। उनले प्रधानमन्त्री बालेन्द्र शाहले जनकपुर आउँदा समस्या समाधानको वाचा गरे पनि उल्टै दमन भोग्नुपरेको गुनासो गरे।

कुशवाहका अनुसार मिटरब्याजीले १ लाखको सट्टा ३ लाखको कागज बनाउने गरेको सर्वविदितै छ। यस्तोमा अदालतले उल्टै पीडितलाई थुन्ने आदेश दिनु गलत हो।

उनले सरकारले अब पनि न्याय नदिए सम्पूर्ण पीडित केन्द्रमा गएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी दिए। देशभर पाँच लाखभन्दा बढी मिटरब्याज पीडित छन्। धनुषामा मात्र ७० हजारभन्दा बढी पीडित रहेको कुशवाहाले बताए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार