मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सडक पेटीमा सुत्केरी: दोषीलाई कारबाही हुन्छ: मन्त्री यादव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पताल अगाडि सडक पेटीमा शिशु जन्माएकी बबिता पासवानको घर पुगेर स्वास्थ्य अवस्था बुझेका छन्। मन्त्री यादवले घटनामा दोषी देखिएकालाई कारबाहीको प्रक्रिया अघि बढिसकेको बताए। बबिताले अस्पतालमा सुत्केरी हुन नसक्दा सडक पेटीमा शिशुलाई जन्म दिएकी थिइन्।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
बबिता पासवान
Share:
१०७

गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडक पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आमा र शिशुको स्वास्थ्य अवस्था बुझेका छन्। बिहीबार गृहजिल्ला राजविराज आएका मन्त्री यादवले राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको घर पुगेर घटनाबारे जानकारी लिएका हुन्।

घटनाबारे जानकारी प्राप्त भएलगत्तै दोषी देखिएकामाथि कारबाहीको प्रक्रिया अघि बढिसकेको मन्त्री यादवले बताए। गत बुधबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ३० वर्षीया बबिता पासवान सुत्केरी हुन पुगेकी थिइन्। आवश्यक रकमको जोहो गर्न नसकेपछि बबिताले सडक पेटीमा छोरालाई जन्म दिएकी थिइन्। उक्त दृश्य सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार