मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

१ लाख युवालाई ‘जब म्याचिङ’ : जनकपुरमा मन्त्री यादवको घोषणा

श्रममन्त्री रामजी यादवले यस आर्थिक वर्षमा ‘जब म्याचिङ’ मार्फत १ लाख युवालाई रोजगारी दिने लक्ष्य घोषणा गरेका छन्। विगतमा वैदेशिक रोजगारीमा मात्र केन्द्रित हुने प्रवृत्तिलाई बदलेर आन्तरिक रोजगारीलाई पनि समान प्राथमिकता दिइनेछ। यसका लागि १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम ल्याइनेछ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
युवा रोजगारी, श्रममन्त्री यादव, जनकपुर
Share:
९३

श्रम, युवा तथा रोजगार मन्त्री रामजी यादवले यस आर्थिक वर्षभित्र ‘जब म्याचिङ’ मार्फत १ लाख युवालाई रोजगारी दिने लक्ष्य सरकारले लिएको घोषणा गरेका छन्।

जनकपुरधामस्थित श्रम तथा रोजगार कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले विगतमा वैदेशिक रोजगारीमा मात्र ८० प्रतिशतभन्दा बढी काम केन्द्रित हुने गरेकोमा अब आन्तरिक र वैदेशिक रोजगारी दुवैलाई समान प्राथमिकता दिइने स्पष्ट पारे।

उनले यसका लागि सरकारले १२ वटा ‘फ्ल्यागसिप’ रोजगारीका कार्यक्रमहरू ल्याउन लागेको जानकारी दिए। यी कार्यक्रमहरूमा एआई, ग्रिन जब्स, कृषि, डिजिटल रोजगारी, सिजननल काम तथा डोमेस्टिक र केयरगिभर सम्बन्धी कामहरू समावेश गरिनेछन्।

मन्त्री यादवले आन्तरिक रोजगारीका लागि उपयुक्त ऐन–नियमको अभाव रहेको स्वीकार गर्दै हाल सरकार नीतिगत, कानुनी तथा संस्थागत ढाँचा निर्माणको काममा व्यस्त रहेको बताए।

मन्त्री यादवले आगामी असोज दोस्रो साता सीप तथा रोजगार मेला आयोजना गरिने जानकारी दिए। उक्त मेलामा वास्तविक रोजगारदाता र रोजगारीको खोजीमा रहेका श्रमिकहरूबिच प्रत्यक्ष म्याचिङ गराई रोजगारीको अवसर उपलब्ध गराइनेछ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार