मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

मनसुनी विपद्: उद्धारका लागि २६ हजार सुरक्षाकर्मी तयारी

मनसुनी विपद्को उद्धारका लागि १३४ गोताखोरसहित २६,२१९ सुरक्षाकर्मी तयारी अवस्थामा छन्। नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई जिम्मेवारी तोकिएको छ। यस वर्ष ५१,८६८ घरपरिवार प्रभावित हुने अनुमान छ, सतर्कता अपनाउन आग्रह गरिएको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
मनसुनी विपद् तयारी
Share:
२६९

नेपालमा मनसुनी विपद्का घटनाको खोज तथा उद्धारका लागि सरकारले १३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीनवटै सुरक्षा निकायका जनशक्ति आवश्यकताअनुसार परिचालित हुनेछन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले मनसुनी विपद्का लागि सम्पूर्ण तयारी गरिएको र राष्ट्रिय प्रतिकार्ययोजनासमेत लागू भइसकेको बताइन्। विभिन्न निकायलाई जिम्मेवारीसमेत तोकिएको छ।

मनसुनी विपद्का घटनामा खोज तथा उद्धारका लागि नेपाली सेनाका ७,५२४, नेपाल प्रहरीका १०,५८५ र सशस्त्र प्रहरीका १३४ गोताखोरसहित ८,११० जना तयारी अवस्थामा छन्। यी जनशक्ति ७७ वटै जिल्लामा आवश्यकताका आधारमा परिचालन गरिनेछन्।

यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने जल तथा मौसम विज्ञान विभागको आकलन छ। यस आधारमा प्राधिकरणले ५१,८६८ घरपरिवारका २,२६,६६१ जना प्रभावित हुने अनुमान गरेको छ।

यद्यपि, कम वर्षा भए पनि निश्चित क्षेत्रमा असर गर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार