NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सांसद सिंहको माग: रोपाइँका लागि तत्काल मलको व्यवस्था गर

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले १०-१५ दिनभित्र सुरु हुने रोपाइँका लागि मल अभाव र उखु किसानको भुक्तानी समस्यामा सरकारको ध्यानाकर्षण गराएका छन्। उनले चिनी मिलबाट भुक्तानी नपाएको र सरकारी अनुदानसमेत रोकिएकोमा असन्तुष्टि पोखे। सांसद सिंहले बागमती नदीको कटान नियन्त्रण र पीडितलाई राहत दिन पनि सरकारलाई आग्रह गरे।
Laxmi Bhattarai
Laxmi Bhattarai
26 May 2026, 12:33 pm १ मिनेट पढाइ
आकार:
Share:

१०-१५ दिनभित्र रोपाइँ सुरु हुने संघारमा किसानले मल नपाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभा बैठकमा सांसद सिंहले हालसम्म किसानले मल नपाएकोमा असन्तुष्टि पोखे। उनले चिनी मिलबाट उखु किसानले भुक्तानी नपाएको र सरकारी अनुदानसमेत रोकिएकोमा सरकारको ध्यानाकर्षण गराए।

“उखु किसानले अहिलेसम्म चिनी मिलबाट पैसा पाउन सकेका छैनन्। सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन्। यसमा म सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु कि चाँडै उखु किसानको भुक्तानी होस् र सरकारले दिने अनुदान पनि चाँडै उपलब्ध होस्,” सांसद सिंहले भने।

सांसद सिंहले बागमती नदीको कटानबाट पीडित नागरिकलाई राहत दिन र नदी नियन्त्रणका लागि पनि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरे।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार