NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राष्ट्रियसभामा सांसदहरुको प्रश्न: सुकुम्बासी व्यवस्थापन, सहकारी पीडितको न्याय र बाढी राहतमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभामा सांसदहरुले सुकुम्बासीका लागि मनोपरामर्श र शुद्ध खानपानको व्यवस्था गर्न माग गरेका छन्। सहकारी पीडितलाई न्याय दिलाउन र कोशी सम्झौताअनुसार जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ। हुम्लाको चङ्खेलीमा बाढी पहिरोबाट प्रभावितलाई तत्काल राहतको पनि माग गरिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
22 May 2026, 3:03 pm १ मिनेट पढाइ
आकार:
Share:

राष्ट्रियसभाको बैठकमा सांसदहरुले सुकुम्बासी समस्या, सहकारी पीडितको न्याय र बाढीपहिरोबाट प्रभावित नागरिकका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न समस्याहरुमाथि आवाज उठाएका हुन्।

सांसद मनरुपा शर्माले काठमाडौंका नदी किनारबाट हटाइएका सुकुम्बासीका बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकका लागि प्रभावकारी मनोपरामर्श सेवाको माग गरेकी छिन्। सांसद रेणु चन्दले सुकुम्बासीको मानवअधिकार र मौलिक अधिकारको संरक्षण गर्नुपर्ने भन्दै उनीहरुलाई राखिएका होल्डिङ सेन्टरमा शुद्ध खानपानको व्यवस्था गर्न आग्रह गरिन्।

सांसद रुक्मिणी कोइरालाले कोशी सम्झौताअनुसार भारदहको पुल निर्माणका क्रममा लिइएको जग्गाको क्षतिपूर्ति नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराइन्। सांसद विष्णुकुमारी सापकोटाले सहकारी पीडितले न्याय नपाएको भन्दै तत्काल समस्या समाधान गर्न माग गरिन्।

हुम्लाको चङ्खेलीमा जेठ ४ गतेको अविरल वर्षाका कारण प्रभावित भएका स्थानीयवासीलाई राहत उपलब्ध गराउन सांसद विष्णुबहादुर विश्वकर्माले माग गरेका छन्। उनले वर्षाले जनजीवन प्रभावित भएको र पशुचौपायाको क्षति भएको जानकारी दिए।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले सहकारी पीडितलाई फिर्ता दिन लागिएको रकम सरकारी ढुकुटीबाट हो वा बदमासी गर्नेबाट उठाएर हो भन्नेबारे सदनलाई जानकारी दिनुपर्ने बताए। सांसद सावित्री मल्लले दैलेखको जलजलेमा ग्यास उत्खननको दोस्रो चरणको काम ठप्प भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार