भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका क्रममा उनका बुबा रामनारायण शाहको पुरानो तस्बिर उपहार दिएका छन्।
प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई गुजरात आयुर्वेद विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गर्ने बेला उनका बुबा रामनारायण शाहले खिचेको तस्बिर दिएका हुन्। कूटनीतिमा यस्ता व्यक्तिगत सम्बन्धहरूले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिन्छ।