NM Khabar 16 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मुगुमा दुई घण्टाको फरकमा ४.५ र ४.२ म्याग्निच्युडका दुई भूकम्प

मुगुको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ। पहिलो भूकम्प ४.५ म्याग्निच्युडको र दोस्रो ४.२ म्याग्निच्युडको थियो। दुवै भूकम्प दुई घण्टाको फरकमा गएका हुन्।
Sanjay Karki
Sanjay Karki
16 September 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
मुगु भूकम्प
Share:

मुगुको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १:५१ बजे यो भूकम्प गएको थियो।

त्यसपछि बिहान ४:२८ बजे सोही स्थान वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको हो। यसअघि भदौ २६ गते जाजरकोटको कालसेनी वरपर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार