NM Khabar 17 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मुस्ताङबाट ५९० कार्टुन भेपसहित दुई कन्टेनर नियन्त्रणमा

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन चिनियाँ भेपसहित दुई कन्टेनर नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरीले तीन जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीमा बुझाएको छ।
Sanjay Karki
Sanjay Karki
17 May 2026, 11:32 am १ मिनेट पढाइ
आकार:
Share:

मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ एक्लेभट्टीबाट ५९० कार्टुन चिनियाँ इलेक्ट्रिक चुरोट (भेप)सहित दुई कन्टेनर नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरी बलले जेठ १ गते राति कोरोला नाकाबाट काठमाडौंतर्फ आउँदै गरेका ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका कन्टेनरबाट उक्त सामान बरामद गरेको हो।

घटनामा संलग्न आरोपमा धादिङ धुनीबेंसी–१ का सन्तोष लामा, सिन्धुपाल्चोक भोटेकोशी–२ का फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका–३ का पासाङ शेर्पा पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बरामद सामानमा ५९० कार्टुन भेपबाहेक २ सय ५९ कार्टुन जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ किलो खाली कार्टुन बक्स छन्। पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ। बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टले जानकारी दिए।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार