नारायणी डेभलपमेन्ट बैंक कर्जा सीमा उल्लंघनको आरोपमा राष्ट्र बैंकको कारबाहीमा परेको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ मा एक ग्राहकलाई तोकिएको सीमाभन्दा बढी कर्जा प्रवाह गरेको पाइएको थियो।
समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा तोकिएको शर्तविपरीत यो कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। यस आधारमा बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम कारबाही गरिएको हो।
कारबाही स्वरूप बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) विष्णु रेग्मीलाई सचेत गराइएको राष्ट्र बैंकले जानकारी दिएको छ।
