असोज ८ गतेदेखि देशभर आएको बाढी, पहिरो र डुबानलगायत विपद्का घटनामा परी ३५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले पुष्टि गर्यो। १५ जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
सबैभन्दा बढी १२ जनाको मृत्यु बागलुङमा भएको छ। म्याग्दीमा सात, पाल्पामा पाँच र मनाङमा चार जनाको ज्यान गएको छ।
धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
