NM Khabar 8 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नवलपरासीमा स्रोत नखुलेको २१ लाख ६० हजारसहित दुई पक्राउ

पश्चिम नवलपरासीको प्रतापपुरबाट स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँ बरामद भएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलबाट रकमसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २५ वर्षीय अंकित गुप्ता र २० वर्षीय अभिनन्दन गुप्ता छन्।
Kamala Devi
Kamala Devi
8 September 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
नवलपरासीमा रकमसहित दुई पक्राउ
Share:

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-९ बेलाटारीबाट स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ बीएच ६५५६ नम्बरको मोटरसाइकल जाँच गर्दा प्रहरीले उक्त रकम बरामद गरेको हो।

प्रक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका-६ गुठीप्रसौनीका २५ वर्षीय अंकित गुप्ता र सोही ठाउँका २० वर्षीय अभिनन्दन गुप्ता छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ तथा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय बेलाटारीमा राखी उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। बरामद रकमको स्रोत र घटनाको वास्तविकताबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार