सरकारले एनसेलको शेयर खरिदबिक्री सम्बन्धी १११ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटबाट बुधबार यो प्रतिवेदन सार्वजनिक गरिएको हो।
पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। मन्त्रिपरिषद् बैठकले उक्त समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेपछि सोही बमोजिम कार्यान्वयन भएको हो।
