एनसेलले आफ्नै लगानीकर्ता सतिशलाल आचार्यको सिङ्गापुरस्थित कम्पनी स्मार्ट जेन पीटीई लिमिटेडलाई अन्तर्राष्ट्रिय Application-to-person (A2P) एसएमएस भित्र्याउने गेटवेको जिम्मा दिएको खुलासा भएको छ।
टेकपानालाई प्राप्त ‘मास्टर सर्भिस एग्रिमेन्ट’ले यो खुलासा गरेको छ। यस सम्झौतामा सम्पत्ति शुद्धीकरण र राजस्व चुहावटको गम्भीर आशंका गरिएको छ।
एनसेलको शेयर खरिद विक्री छानबिनका लागि टङ्कमणि शर्मा दङ्गाल नेतृत्वको समिति गठन भएको छ। समितिले लगानीकर्तामाथि सम्पत्ति शुद्धीकरण, अन्डर इन्भोइसिङ, ओभर इन्भोइसिङ र हुन्डीको अनुसन्धान गरिरहेको छ।
