मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

नेपाल वायुसेवा निगमले दुई पाइलटसहित पाँच कर्मचारीलाई बर्खास्त गर्ने प्रक्रिया थाल्यो

नेपाल वायुसेवा निगमले विदा स्वीकृत नगराई अनुपस्थित दुई पाइलटसहित पाँच कर्मचारीलाई बर्खास्त गर्ने प्रक्रिया थालेको छ। निगमले उनीहरूलाई आफ्नो बचाउका लागि सफाई पेश गर्न अन्तिम मौका दिएको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
१९५

नेपाल वायुसेवा निगमले विदा स्वीकृत नगराई अनुपस्थित दुई पाइलटसहित पाँच कर्मचारीलाई बर्खास्त गर्ने प्रक्रिया थालेको छ।

निगम सञ्चालक समितिले निर्णय गरेपछि मानव संशाधन विभागले सोमबार सूचना जारी गर्‍यो। कर्मचारीहरूलाई सफाई पेश गर्न अन्तिम मौका दिइएको छ।

कारबाही प्रक्रियामा पर्नेहरूमा क्याप्टेन सञ्जय बाँदे श्रेष्ठ, को-पाइलट विवेक प्याकुरेल, अटोमोवाइल इन्जिनियर सरोज कार्की र विदित देवकोटा तथा प्राविधिक अधिकृत उमेश कुमार साह रहेका छन्।

विज्ञापन

निगमको रेकर्डअनुसार क्याप्टेन श्रेष्ठ २०७६ सालदेखि नै कार्यालयमा अनुपस्थित छन्।

नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावली, २०५८ को विनियम ९३ (१) (क) मा विदा स्वीकृत नगराई लगातार ३० दिनभन्दा बढी समयसम्म कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई सेवाबाट हटाउन सकिने प्रावधान छ।

सोही कानुनी आधारमा टेकेर निगमले उनीहरूलाई बर्खास्त गर्नुअघि स्पष्टीकरण सोधेको हो।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार