NM Khabar 28 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बार एसोसिएसनको आकस्मिक बैठक: प्रधानन्यायाधीश सिफारिसबारे धारणा तय गर्ने

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज दिउँसो २ बजे बस्दैछ। बैठकले यस विषयमा आफ्नो आधिकारिक धारणा तय गर्नेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
8 May 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
Share:

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज दिउँसो २ बजे बस्दैछ।

बारका अध्यक्ष डा. विजय मिश्रले जानकारी दिएअनुसार, बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले डा. शर्मालाई भावी प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेपछि बारले यसबारे धारणा बनाउन बैठक बोलाएको हो।

बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई आमन्त्रण गरिएको छ। उनीहरूले दिएको सुझावपछि बारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने अध्यक्ष झाले बताए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार