देशभर बाढी, पहिरो र डुबानले चार दिनमा १५ जनाको ज्यान लिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले दिएको जानकारी अनुसार बागमतीमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेसमा एक जनाको मृत्यु भएको छ।
विपद्का घटनामा चार जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाढी, पहिरो तथा डुबानमा परेका १२८४ जनाको उद्धार गरिएको छ।
सुरक्षा निकाय र स्थानीयको समन्वयमा जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोमा पुरिएका धनमाल निकाल्ने काम पनि भइरहेको प्रवक्ता काफ्लेले बताए।
