मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

विद्युत प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

इटहरीस्थित नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादव ५० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। एक गार्मेन्ट उद्योगलाई विद्युत लाइन जडानमा सहजीकरण गरिदिने क्रममा घुस मागेको उजुरीमाथि अनुसन्धान गर्दै आयोगले उनलाई रंगेहात पक्राउ गरेको हो।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
विद्युत प्राधिकरण घुस
Share:
१२३

इटहरीस्थित नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादव ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।

इटहरी वितरण केन्द्रमा कार्यरत सातौँ तहका इन्जिनियर यादवले एक गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत लाइन जडानका लागि सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा परेको थियो।

सोही सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई इटहरी उपमहानगरपालिका वडा नम्बर ९ बाट बिहीबार नियन्त्रणमा लिएको हो।

पक्राउ पर्दा यादवको साथबाट घुसबापतको ५० हजार रुपैयाँ र स्रोत नखुलेको थप १२ हजार ८५ रुपैयाँ समेत बरामद भएको अख्तियारले जनाएको छ।

उनलाई भदौ १७ गते नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको थियो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका यादवमाथि घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा अनुसन्धान गर्न विशेष अदालतबाट म्याद थप गरिएको छ।

यादवमाथि अहिले हिरासतमा राखेर विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार