मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

नेकपा (बहुमत) द्वारा काँचो चामल खाएर महँगी र ग्यास आपूर्तिको विरोध

नेकपा (बहुमत) ले काँचो चामल खाएर महँगी र ग्यास आपूर्तिको समस्या विरुद्ध प्रदर्शन गरेको छ। प्रदर्शनकारीले सरकारको असक्षमता र डिलरहरूद्वारा हुने कृत्रिम अभावको विरोध गरेका छन्। प्लेकार्डमा महँगी नियन्त्रण र ग्यास आपूर्तिको सहजताको माग गरिएको छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
नेकपा बहुमत विरोध प्रदर्शन
Share:

काठमाडौं । बढ्दो महँगी नियन्त्रण र खाना पकाउने ग्यास आपूर्ति सहज बनाउन माग गर्दै नेकपा (बहुमत) ले काँचो चामल खाएर विरोध प्रदर्शन गरेको छ। नेता कार्यकर्ताले प्लेकार्डसहित नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराए।

‘बढ्दो महँगी नियन्त्रण गर’, ‘ग्यासको आपूर्ति सहज गर’, ‘खै ग्यास? बालेनले लुकायाे, खै बालेन माफियाले डुबायो,’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरियो। सरकारले ग्यास वितरण गर्न नसकेको र आफ्नो असक्षमता प्रदर्शन गरेको आरोप लगाइयो।

माइतीघरदेखि बबरमहलसम्म भएको प्रदर्शनमा सहभागीले भोको पेटले ग्यास माग गरे। ‘भोको पेटले के भन्छ ? – भरी ग्यास दे भन्छ, महँगीको मार ग्यासको हाहाकार कहाँ छ सरकार?, दुई तिहाइको सरकार जनतालाई ग्यास खोई,’ जस्ता नारा प्लेकार्डमा लेखिएका थिए।

नेकपा बहुमतका प्रचार प्रसार प्रमुख गुणराज लुइटेलले डिलरहरूले कृत्रिम अभाव सिर्जना गरी रातिको समयमा महँगो मूल्यमा ग्यास बिक्री गर्ने गरेको आरोप लगाए। उनले लामो समयदेखि ग्यासको अभाव हुँदा पनि सरकारले समाधान गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार