एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन्। सोमबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो।
नवनियुक्त अध्यक्ष अग्रवालले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
