नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन शाह सहभागी भए। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार साँझ भएको समारोहमा उनले उद्घाटन खेल खेल्ने दुवै टिमका खेलाडीसँग हात मिलाएर भेटघाट गरे।
समारोहपछि भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमै पूरा गर्यो।






