नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयले रावललाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो।
शपथ ग्रहणपछि रावलले आजै पदबहाली समेत गरेका छन्। गभर्नर पौडेलले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए। रावल २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा राष्ट्र बैंक सेवामा प्रवेश गरेका थिए।
यसैबीच, राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको पदावधि हालको ५ वर्षबाट घटाएर ३ वर्षमा झार्ने प्रस्तावमा अर्थ समितिले सहमति जनाएको छ। राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन गरी यो व्यवस्था लागू गर्न लागिएको हो।
