नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई अख्तियारले एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
सेवाग्राहीसँग भुक्तानीको कमिसन माग्दै पटक–पटक हैरानी दिइरहेको सूचनाको आधारमा आयोगले तामाङलाई बालाजुबाट रंगेहात पक्राउ गरेको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले घुस लिइसकेको अवस्थामा तामाङलाई नियन्त्रणमा लिएको पुष्टि गरे।
विशेष अदालतको आदेशमा तामाङविरुद्ध भ्रष्टाचार मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
