मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

भोटेकोशी बाढीपछि पहिलोपटक प्रतिनिधिसभा बैठक: विशेष प्रस्ताव पेश हुने

भोटेकोशी बाढीपछि पहिलोपटक प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठकमा बाढीले पुर्याएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। दुई संसदीय समितिको बैठक पनि आजै बस्दैछन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
प्रतिनिधिसभा बैठक
Share:
१४९

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) पहिलोपटक बस्दैछ। सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नेछन्। सङ्घीय संसद् सचिवालयले उपलब्ध गराएको विशेष प्रस्तावमा रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ।

प्रस्तावमा उक्त घटनाबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन, घाइतेको शीघ्र स्वास्थ्य लाभ, दिवङ्गतको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

यसैगरी, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभाव’बारे छलफल हुनेछ।

विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार