मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

मन्त्रीको अनुपस्थितिले संसद बैठक रोकियो, ६ मन्त्रीको उपस्थितिपछि सुचारु

• बजेटमा मन्त्रीहरूको अनिवार्य उपस्थितिको माग गर्दै विपक्षीले संसद बैठक अवरुद्ध पारेको थियो। • सभामुखले १५ मिनेट बैठक स्थगन गरी मन्त्रीहरूको उपस्थिति सुनिश्चित गरेपछि बैठक सुचारु भएको छ। • बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार, कानून, नवप्रवर्तन र ऊर्जा मन्त्री सहभागी छन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
संसद बैठक मन्त्री
Share:
१७३

प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्रीको उपस्थितिपछि अवरोध हटेर पुनः सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थित हुनुपर्ने विपक्षीको अडानका कारण केहीबेर बैठक स्थगन गरिएको थियो।

सभामुखले बैठक १५ मिनेटका लागि रोकेर मन्त्रीहरूलाई उपस्थित गराउने व्यवस्था मिलाएका थिए। अहिले अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, कानूनमन्त्री सोविता गौतम, नवप्रवर्तनमन्त्री महावीर पुन र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ बैठकमा सहभागी छन्।

एमाले सांसद राजेन्द्र राईले ८ वटा मन्त्रालयको बजेटमाथि छलफल हुँदा जम्मा ६ जना मात्र मन्त्री उपस्थित भएको भन्दै विरोध जनाएका थिए। सभामुखले मन्त्रीहरू आउने क्रममा रहेको आश्वासन दिएपछि सदनको कारबाही अघि बढाइएको थियो।

विज्ञापन

यसअघि विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनै लाग्दा नेकपा सांसद गोपाल शर्माले नियमावलीको व्यवस्थाअनुसार सम्बन्धित मन्त्रीको अनुपस्थितिमा छलफल अघि बढाउन नमिल्ने भन्दै ध्यानाकर्षण गराएका थिए। त्यसपछि सभामुखले बैठक स्थगन गरेका थिए।

यसैगरी, सभामुख डोलप्रसाद अर्याल बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्री नउठेको विषयमा एमाले प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाएका थिए। उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को व्यवस्थातर्फ सभामुखको ध्यानाकर्षण गराएका थिए, जसमा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने उल्लेख छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार