मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रतिनिधिसभा बैठक आज: चार मन्त्रालयसँग प्रश्नोत्तर, विधेयक प्रस्तुत

संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा चार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तर हुनेछ। विभिन्न विधेयक प्रस्तुत गरिनेुका साथै संसदीय समितिका बैठक पनि बस्नेछन्।
Laxmi Bhattarai
१ मिनेट पढाइ
आकार:
प्रतिनिधिसभा बैठक
Share:

संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा चार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तरको कार्यसूची छ।

कार्यसूचीअनुसार, परराष्ट्र मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि वन तथा वातावरण मन्त्रालयका मन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन– २०८२ असार) पेस गर्नेछिन्।

परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्नेछिन्।

आज पाँच वटा संसदीय समितिको बैठक पनि बस्दैछ। कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक निर्धारित छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार