मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिश गरेका डा. मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुक्रबारदेखि

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिश गरेका मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुक्रबार अपराह्न ४ बजेदेखि सुरु हुने भएको छ। सुनुवाइ विशेष समितिको बैठक शुक्रबार अपराह्न ४ बजेका लागि राखिएको समिति सचिव सावित्रा शर्माले जानकारी दिइन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
8 May 2026, 2:32 pm १ मिनेट पढाइ
आकार:
Share:

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिश गरेका मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुक्रबार अपराह्न ४ बजेदेखि सुरु हुने भएको छ। सुनुवाइ विशेष समितिको बैठक शुक्रबार अपराह्न ४ बजेका लागि राखिएको समिति सचिव सावित्रा शर्माले जानकारी दिइन्।

समिति सचिव सावित्रा शर्माका अनुसार, शुक्रबारको बैठकको मुख्य एजेन्डा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया अगाडि बढाउने रहेको छ। यस बैठकबाट उजुरी आह्वान गर्ने सम्भावना रहेको स्रोतले बताएको छ। संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बोधनारायण श्रेष्ठ छन्।

संवैधानिक व्यवस्थाअनुसार, संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने प्रावधान छ। बिहीबारको परिषद् बैठकले सर्वोच्चको चौथो वरीयतामा रहेका मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिश गरेको थियो।

यसैबीच, परिषद्को निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी रिट लिएर सर्वोच्च पुगेका छन्। यता सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानन्यायाधीशमा शर्माको सिफारिश इतिहासकै राम्रो भएको दाबी गरेका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार