मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर ५५ वर्षीया सीता लामिछानेको मृत्यु भएको छ। शुक्रबार साँझ घरभित्र बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल पर्वतमा उपचारका क्रममा शनिबार ज्यान गएको हो।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
पर्वतमा चट्याङ
Share:
१८९

पर्वतको फलेवास नगरपालिका–५ मा शुक्रबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार लामिछाने घरभित्र बसिरहेको अवस्थामा एक्कासी चट्याङ परेको थियो। चट्याङको कारण उनी गम्भीर घाइते भई बेहोस भएकी थिइन्।

घाइते अवस्थामा तत्काल उपचारका लागि प्रदेश अस्पताल पर्वत लगिएको थियो। उपचारका क्रममा उनको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार