मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रहरी कुटपिटमा जेनजी अभियन्ता माजिद अन्सारी शिक्षण अस्पतालमा भर्ना

प्रहरीको कुटपिटबाट जेनजी अभियन्ता माजिद अन्सारी गम्भीर घाइते भएका छन्। अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ। घटनाबारे प्रहरीले भने कुनै प्रतिक्रिया दिएको छैन।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
जेनजी अभियन्ता माजिद अन्सारी
Share:
१७९

प्रहरीको कुटपिट तथा धरपकडमा परी घाइते भएका जेनजी अभियन्ता तथा अधिवक्ता माजिद अन्सारीलाई थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज रिफर गरिएको छ। प्रहरीको कुटपिटका क्रममा अन्सारीको टाउको र अनुहारमा बुटले प्रहार गरिएकाले गम्भीर चोट लागेको छ।

शनिबार दिउँसो कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका अभियन्ताहरू अन्सारीसहित मोनिका निरौला, रीया बानियाँ र सरिस्मा थापामाथि प्रहरीले कुटपिट तथा धरपकड गरेको आरोप छ। उक्त घटनामा अन्सारी घाइते भएका हुन्।

घटनापछि अन्सारीलाई प्रारम्भिक उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। त्यहाँ आवश्यक स्वास्थ्य परीक्षण गरेपछि थप उपचारका लागि शिक्षण अस्पताल पठाइएको जेनजी अभियन्ता तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

विज्ञापन

घटनाबारे प्रहरीले भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार