नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुघा, ज्वरो र हल्का निमोनियाका कारण ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका छन्।
तीन दिनदेखि अस्वस्थ रहेका प्रचण्डलाई शनिबार बिहान अस्पतालमा भर्ना गरिएको हो। चिकित्सकहरूले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएका छन्।
स्वकीय सचिव गोविन्द आचार्यका अनुसार शुक्रबार प्रचण्डलाई १०२ डिग्री ज्वरो आएपछि घरमै डाक्टर बोलाएर स्वास्थ्य जाँच गरिएको थियो।
