मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

राष्ट्रपति पौडेलद्वारा मध्यरातमा दुई विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार मध्यराति दुई महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन्। प्रमाणीकरण भएका विधेयकहरूमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) र मतदाता नामावली (पहिलो संशोधन) २०८३ रहेका छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१८४

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार मध्यराति दुई महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन्। संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति भवन पठाइएका यी विधेयकहरूले निर्वाचन प्रक्रिया र मतदाता नामावलीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई प्रमाणीकरण गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिअनुसार यी विधेयकहरू प्रमाणीकरण भएको पुष्टि भएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार