मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

राष्ट्रपति पौडेल आज बाढी प्रभावित नुवाकोटको अवलोकनमा

राष्ट्रपति रामचन्द्र पौडेलले आज नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने भएका छन्। उनले नेपाली सेनाको हेलिकप्टरमार्फत मैथिल ब्यारेक पुगेर बाढीले पुर्‍याएको क्षतिको प्रत्यक्ष निरीक्षण गर्नेछन्। बाढी आएको १३ दिनपछि राष्ट्रपतिले प्रभावित क्षेत्रको अवलोकन गर्न लागेका हुन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
राष्ट्रपति पौडेल अवलोकन
Share:
१२८

राष्ट्रपति रामचन्द्र पौडेलले आज नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने भएका छन्। उनी सोमबार बिहान बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी नुवाकोटको मैथिल ब्यारेक पुग्नेछन्। त्यहाँबाट उनी प्रभावित क्षेत्रका विभिन्न स्थानमा पुगेर बाढीले पुर्‍याएको क्षतिको प्रत्यक्ष अवलोकन गर्नेछन्।

अवलोकनपछि राष्ट्रपतिले होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्थासमेत बुझ्ने कार्यक्रम रहेको छ। बाढी आएको १३ दिनपछि राष्ट्रपतिले प्रभावित क्षेत्रको अवलोकन गर्न लागेका हुन्।

विज्ञापन

यसैबीच, बाढीको १३ दिन पुगेको अवसरमा आज देशभर राष्ट्रिय शोक मनाउने निर्णय सरकारले गरेको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार