NM Khabar 5 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राष्ट्र बैंकलाई सक्रिय साझेदार बन्न अर्थमन्त्री वाग्लेको आग्रह

अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई आर्थिक सुधारमा सक्रिय साझेदार बन्न आग्रह गरेका छन्। उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह, डिजिटल वित्त, फिनटेक र स्टार्टअप वित्तपोषणलाई प्राथमिकता दिन जोड दिइएको छ। अर्थमन्त्रीले सरकार, राष्ट्र बैंक, बैंकिङ र निजी क्षेत्रको सहकार्यबाट आर्थिक रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गरेका छन्।
Sunita Rai
Sunita Rai
5 August 2026, 5:03 pm १ मिनेट पढाइ
आकार:
राष्ट्र बैंक सक्रिय साझेदार
Share:

अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई मुलुकको आर्थिक सुधार र रूपान्तरणमा केवल नियामकका रूपमा मात्र नभई सरकारको सक्रिय साझेदारका रूपमा काम गर्नुपर्ने बताएका छन्। बुधबार राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

अर्थमन्त्री वाग्लेले मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वयलाई प्रभावकारी बनाउँदै उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह, डिजिटल वित्त, फिनटेक र स्टार्टअप वित्तपोषणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन, उद्योग र रोजगारीमा रूपान्तरण गर्ने उपायहरूबारे पनि चासो व्यक्त गरे।

छलफलमा उठेका विषयलाई कार्ययोजनामा रूपान्तरण गरिने र आवश्यक परे संयुक्त कार्यदल गठन गरेर नीतिगत सुधारलाई तीव्रता दिइने अर्थमन्त्री वाग्लेले बताए। उनले नियमनको उद्देश्य नियन्त्रण मात्र नभई उत्पादनशील आर्थिक गतिविधिहरूलाई सक्षम बनाउनु हुनुपर्नेमा जोड दिए।

अर्थमन्त्री वाग्लेले सरकार, राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै लक्ष्यका साथ अघि बढेमा आर्थिक रूपान्तरणले व्यवहारिक गति लिने विश्वास व्यक्त गरे। उनले मुलुकलाई आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास भएको र सरकार तथा राष्ट्र बैंक आत्मविश्वासी भएमा बैंकिङ प्रणाली र निजी क्षेत्र पनि आत्मविश्वासी बन्ने बताए।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार